खुर्पी र कुटाे दिएर किसानलाई सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ आँबुखैरेनी गाउँपालिकाका ९ जना किसानलाई कृषि उद्यमी कल्पना गाैलीले कृषि औजारले सम्मान गरेकी छन् । आँबुखैरेनी गाउँपालिकामा सञ्चालित शुक्रबारे हाटबजारमा स्थानीय कृषि उपज बिक्रिका लागि आएका ९ जना कृषक महिलालाई गाउँपालिका अध्यक्ष शुक्र चुमान, कृषि शाखा प्रमुख सन्ताेष के.सी. लगायतकाे उपस्थितिमा उद्यमी गाैलीले सम्मान गरेकी हुन् ।

आँबुखैरेनीका छिम्केश्वरी, हिलेखर्क, भाेटेश्वारा, लाब्दी लगायतका गाउँबाट स्थानीय कृषि उपज बिक्रिका लागि हाटबजार झरेका ग्रामीण किसानहरू सन्त कुमारी चेपाङ, बसुन्धरा गुरूङ, दिलमायाँ गुरूङ, लालक्षी गुरुङ,  संगीता गुरुङ, भात्री गुरुङ, सपना थापा, टेकमाया गुरुङ र सीता श्रेष्ठलाई १/१ थान कुटो  र खुर्पी प्रदान गरि सम्मान गरेकाे गाैलीले बताईन् । व्यवसायिक रूपमा ड्रागन फ्रुट्सकाे खेती गरिरहेकी माँ अम्बे अलाैकिक कृषि फार्मकी सञ्चालक गाैलीले आम्दानीकाे केही हिस्सा सामाजिक सेवामा खर्च गर्ने गरेकाे बताईन् । कृषि पेशालाई महत्त्वपूर्ण र सम्मानित पेशाकाे रूपमा स्थापित गर्न किसानलाई सम्मान गरेकाे गाैलीकाे भनाई छ ।

कृषि उद्यमी गाैलीकाे सामाजिक सक्रियता प्रति  गाउँपालिकाले धन्यवाद व्यक्त गरेकाे छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।