लेखनाथ फर्निचर एशोसियसनको अध्यक्षमा रबिन सुनार दोहोरिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा  

लेखनाथ फर्निचर एसोसिएसनको दशौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले रविन सुनारलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। 

अधिवेशनबाट उपाध्यक्षमा प्रताप ओझा, सचिवमा मनोज श्रेष्ठ, सहसचिवमा देवी सुवेदी र कोषाध्यक्षमा योगेन्द्र सुनार चयन भएका छन्। सदस्यहरुमा अमृत मल्ल, विश्वराज श्रेष्ठ, प्रेम विक, सचिन बानिया र अनमोल शर्मा चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले फर्निचर व्यवसाय क्षेत्र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै व्यवसायीहरू एकजुट भई साझा समस्या समाधानमा जुट्न आग्रह गरिन् । उनले लेखनाथ क्षेत्रमा रहेका फर्निचर व्यवसायीहरूले आफ्ना समस्या पहिचान गरी उद्योग वाणिज्य संघसँग सहकार्य गरेमा समाधान सम्भव हुने बताए। 

साधारण सभामा संस्थापक अध्यक्ष नेत्र पुन, निवर्तमान अध्यक्ष यज्ञबहादुर गुरुङ, वरिष्ठ सल्लाहकार महेश्वर आचार्य, निर्माण व्यवसायी समिति लेखनाथका अध्यक्ष भीमबहादुर नेपाली ‘काइला’ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै नव–निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभेच्छा व्यक्त गरेका थिए।

वक्ताहरूले एसोसिएसनलाई अझ सशक्त, व्यवस्थित र व्यवसायीमैत्री बनाउन नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित अध्यक्ष रविन सुनारले एसोसिएसनलाई व्यवसायीहरूको साझा मञ्चका रूपमा सुदृढ बनाउँदै सीप विकास, बजार विस्तार र व्यवसायिक हकहित संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।