पोखरा।
पोखरा महानगरपालिकाले ९ जनालाई पोखरेली नवरत्न सम्मान अर्पण गरेको छ । महानगरपालिको ६७ औँ स्थापना दिवसको अवसरमा आज आयोजित समारोहमा पोखरा निर्माणमा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान गर्नेलाई पोखरेली नवरत्नबाट सम्मान गरिएको हो ।
गायन तथा संगीत तर्फ अमृत गुरुङ, धार्मिक पर्यटन तथा कृषि उद्यम तर्फ चन्द्रकान्त बराल, समाजसेवा र उद्योग तर्फ चन्द्रकृष्ण कर्माचार्य, साहित्य तर्फ तीर्थ श्रेष्ठ, पत्रकारिता तर्फ तिलक गुभाजु, स्वास्थयतर्फ डाकटर बुद्वि बहादुर थापा सम्मानित भएका छन् । खेलकुद तथा शिक्षा तर्फ डाक्टर विरेन्द्र सिं गुरुङ, उद्यमशीलता तर्फ रामकली खड्का र शिक्षा, सेवा तथा उद्योग तर्फ हरि प्रसाद पाण्डे सम्मानित भएका छन् ।
उनीहरुलाई जनही नगद २ लाख २ हजार २०२ सहित ताम्र पत्र, दोसल्ला र पदक सहित पोखरेली नवरत्न सम्मान अर्पण गरिएको हो ।