तनहुँ । सरस्वती आमा समूहकाे आयाेजनामा मादल बजाउने तालिम सम्पन्न भएकाे छ । शुक्लागण्डकी नगरपालिका वडा नं. ९ स्थित आमा समूहले महिलाहरूमा मादल बजाउने सीप विकास गर्न ७ दिने तालिम गरेकाे अध्यक्ष गाेमा खत्रीले बताइन्।
प्रशिक्षक दुर्गा बहादुर नेपालीले मादल बजाउन सिकाएका हुन् । बुधबार गरिएकाे तालिमकाे समापन प्रमुख अतिथि कृषि प्रशिक्षक एंव् स्थानीय महिला नेतृ सरस्वती गाैतमले सिकेकाे सिपलाई व्यवहारमा प्रयाेग गर्न सुझाव दिइन् ।