फेदिखोला, भदौ ११ गते । मट्टीखान जेन्टलमेन क्लबको आयोजना तथा विभिन्न टोल विकास समिति, आमा समूह र स्थानीय संस्थाहरूको सहयोगमा मट्टीखान तीज उत्सव–२०८२ फेदीखोला गाउँपालिका वडा नं १, मट्टीखानमा भव्यतापूर्वक मंगलबार सम्पन्न भएको छ ।
तीज गीत तर्फ ९ समूह सहभागी भएका थिए । जसमध्ये चण्डीकालिका चेलीबेटी समूह, प्रथम भएको छ । द्वितीय हुनेमा, दिदीबहिनी समूह, फेदीखोला १, तृतीयमा अमोर सेवा नेपाल फेदीखोला–१, र दुर्गा नगर सांस्कृतिक प्रतिष्ठान, स्याङ्जा शान्त्वना भएको छ ।
तीज गीत तर्फ प्रथम पुरस्कार रु. २१ हजार, द्वितीय रु. १५ हजार , तृतीय रु. १० हजार ५ सय र शान्त्वना तर्फ रु. ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा १२ टोली सहभागी भएका थिए । जसमध्ये देउराली युवा क्लब, फेदीखोला–२ प्रथम, मडुवा युवा क्लब, आँधीखोला–२ द्वितीय हुन सफल भएको थियो । भलिबल तर्फ प्रथम हुनेले रु. ५० हजार शिल्ड, मेडल, प्रमाणपत्र, र दोस्रो हुनेले रु.३० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै भाले गेम प्रतियोगिताका विजेता भूपेन्द्र थापा बनेका छन् ।
प्रतियोगितामा स्थानीय कलाकारहरूको प्रस्तुति तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।
फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देऊ कुमारी गुरुङ, वडा नं. २ का अध्यक्ष एवम् प्रवक्ता अविलाष गुरुङ, वडा नं. १ का अध्यक्ष अमृत क्षेत्री, स्थानिय समाजसेवी, जनप्रतिनिधि, आमा समूह, युवा क्लब, स्थानीय बासिन्दा लगायतको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम मट्टीखान जेन्टलमेन क्लबका अध्यक्ष दिपेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।