पोखरा ।
बिगतका बर्षहरु जस्तै यस वर्ष पनि स्याङ्जा र कास्कीको सिमानामा पर्ने मट्टीखानमा तिज कार्यक्रम हुने भएको छ । मट्टिखानमा ऐतिहासिक तथा परम्परागत संस्कृति र संस्कारको संरक्षण गर्दै भदौ ८, ९ र १० गते “मट्टिखान तिज उत्सव–२०८२” भव्य रूपमा मनाइने भएको हो ।
श्री चण्डी डाँडा माध्यमिक विद्यालय, फेदिखोला–१, मट्टिखानमा हुने उक्त कार्यक्रममा विभिन्न प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ । कार्यक्रमका मुख्य आकर्षणहरूमा दिदीबहिनीहरूको तिज गीत प्रतियोगिता, वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, भाले गेम खेल्ने प्रतियोगिता तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहेका छन् । प्रतियोगितामा विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको मट्टिखान जेन्टलमेन क्लबका अध्यक्ष दिपेश क्षत्रीले जानकारी दिएका छन् ।
वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार रु ५० हजार , शिल्ड,मेडल र प्रमाणपत्र र दोस्रो पुरस्कार ३० हजार शिल्ड,मेडल र प्रमाणपत्र रहेका छन् । भलिबल प्रतियोगिताको टिम दर्ता शुल्क रु.३ हजार रहेको छ ।
दिदीबहिनी तिज गीत प्रतियोगितातर्फ प्रथम , दोस्रो , तेस्रो र शान्त्वना पुरस्कारहरू क्रमशः रू.२१ हजार, रू १५ हजार ५ सय, रु. १० हजार ५ सय र रु. ५ हजार र प्रमाणपत्र रहेको छ ।
त्यसैगरी भाले गेम खेल्ने प्रतियोगिताको पुरस्कारमा लोकल भाले मेडल र प्रमाणपत्र रहेको छ । आयोजकका अनुसार, उत्सवमा विभिन्न स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति सहित मनोरञ्जनात्मक कार्यक्रमहरू पनि हुनेछ ।
कार्यक्रम भव्य रूपमा सम्पन्न गर्नको लागि क्लबले स्थानिय सरकार, विभिन्न संघ संस्था, मट्टीखानप्रेमी महानुभावहरुलाई आग्रह गरेको छ । क्लबले केहि समय अघिदेखि आर्थिक लगायत अन्य सहयोग संकलन समेत गर्दै आएको छ । कार्यक्रमको मुख्य प्रायोजकमा फेदिखोला गाँउपालिका रहेको छ ।
अन्य सहयोगी संस्थाहरुमा चण्डी कालिका आमा समुह पोखरा महानगरपालिका वडा नं २१, फेदिखोला गाँउपालिका वडा नं - १ रामकोट, चण्डीडाँडा मा.वि फेदिखोला -१ स्याङ्जा, मट्टीखान टोल सुधार समिति फेदिखोला,१ मट्टीखान, चण्डीडाँडा आमा समूह पोखरा महानगरपालिका वडा नं २१, र चण्डी कालिका टोल विकास संस्था पोखरा महानगरपालिका वडा नं २१ रहेका छन् ।
मिडिया पार्टनरमा आमसन्देश डटकम रहेको छ । कार्यक्रम मट्टिखान जेन्टलमेन क्लबले आयोजना गरेको हो ।