पोखरा महानगरको उत्कृष्ट कर्मचारी सम्मानबाट नवराज सापकोटा सम्मानीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । पोखरा महानगरपालिकाको वर्ष उत्कृष्ट कर्मचारी नवराज सापकोटा बनेका छन् । महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा आयोजित मूल समारोहमा उनलाई वर्ष उत्कृष्ट कर्मचारी घोषणा गर्दै सम्मानित गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले उनलाई नगद ३५ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । उत्कृष्ट कर्मचारी सम्मान प्राप्त गरेका सापकोटा पोखरा–२६ मा सूचना अधिकारीका रुपमा कार्यरत छन् । उनीसहित ५ जनालाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।