राजीनामा दिन्छु, सार्वजनिक सम्पति नष्ट नगरिदिनुस्-मेयर पण्डित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले आफू पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।  जेन–जी को आन्दोलनका कारण शुक्लागण्डकी नगरपालिकाको सरकारी सम्पत्ति र निजी सम्पत्तिमाथि आगजनिसँगै तोडफोड भएपछि उनले पदबाट राजीनामा दिन तयार रहेको बताएका हुन् । 
आन्दोलनकारीले शुक्लागण्डकी नगरपालिकाको सवारीसाधानसँगै भवनमा तोडफोड गरेका छन् ।

यस्तै, वन्केवाचोकमा रहेको मेयर पण्डितको घरमा तोडफोडका साथै सवारी आगजनी गरेका छन् । 


यस्तै, रेडियो ढोरवाराहीका स्टेशन म्यानेजर अशोक विश्वकर्माको मोटरसाइकल र कार्यालयको स्कुटर तोडफोड गरेका छन् ।  


मेयर पण्डितको आडमा रहेका निजी घरमासमेत आन्दोलनमा उत्रिएको समूहले तोडफोड गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।