सहिद स्मृति विद्यालय पाेखरामा वृक्षाराेपण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल गण्डकी प्रदेश समितिले पोखरा १४ मझेरी पाटनमा रहेको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा बृक्षारोपण गरेको छ । वाईसियलले वातावरण संरक्षण अभियान अन्र्तगत वृक्षारोपण गरेको वाइसीएलका गण्डकी अध्यक्ष थमन गुरुङले  बताए ।

बिद्यालय परिसरमा फलफूल तथा डालेघाँसका १ सय ५० वटा बिरुवा रोपिएको उनले जनाए । केन्द्रको वृक्षरोपण अभियान अन्तर्गत वातावरण संरक्षण र उत्पादनमूलक कार्यलाई जोड दिने सन्देशको लागि उक्त कार्यक्रम आयोजना गरिएको उनले बताए । वृक्षारोपण सँगै त्यसको नियमित संरक्षण एवं बिरुवा हुर्काउनको लागि पनि आफूहरूको ध्यान जाने अध्यक्ष गुरूङकाे भनाई छ ।

विद्यालय परिसरमा एभोकाडो, आँप,अमला, लिची लगायतका फलफूल तथा राईखनियो, कोइरालो, सितल चिनी लगायतका जातका बिरुवा रोपिएको हो । विद्यालयमा फलफुल तरकारी खेती तथा गाईभैसी  पालन पनि गरिएकाले वृक्षारोपणले थप सहयोग हुने गुरूङले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद दीपक कोइराला, केन्द्रीय सदस्य शैलेन्द्र घिमिरे लगायत नेताहरूको उपस्थिति थियो । प्रदेश अध्यक्ष गुरुङले युवाहरूको राेपिएका बिरूवाकाे संरक्षणमा विशेष ध्यान दिन आग्रह गरिन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।