शुक्लागण्डकी जेसीज सप्ताह समापन, अधिवेशन शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ

शुक्लागण्डकी जेसीजको २३ औं शाखा अधिवेशन सुरु भएको छ । शुक्रबार जेसीज सप्ताह २०२५ को समापनसँगै २४ औं वार्षिक साधारण सभा तथा २३ औं आधिवेशन सुरु भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले युवामा कुशल नेतृत्व क्षमता हुनुपर्ने बताए । देशको अहिलेको विषम परिस्थितिबाट पार लगाउन १८ बर्षदेखि ४० बर्षसम्मका यूवाहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । 
‘पश्चिमा राष्ट्रको प्रविधिसँग जोडिएका छ । व्यवहारमा पश्चिमाको जस्तो छैन । अब मानव पुँजीको विकास गर्नुपर्नेछ’, उनले भने । आपसी भाइचाराको सम्बन्धले युवाले सफल बनाउने उनले बताए । सबैलाई मिलाएर अपनत्व हुने गरेर नयाँ टिम निर्माण गर्न उनको सुझाव छ। 

शुुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक ‘राजु’ ले युवाहरुमा परिवर्तनको इच्छाशक्ति हुनुपर्ने बताए । युवाहरुले रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने तर्क राखे । सामाजिक रुपान्तरणमा शुक्लागण्डकी जेसीजको भूमिका प्रशंसनीय रहेको उनले सुनाए । 

शुक्लागण्डकी जेसीजका पूर्वअध्यक्ष नवराज लामीछानेले नेतृत्व विकाससँगै समाज रुपान्तरणमा जेसीजका यूवाहरुले सघाइरहेको उनको भनाइ थियो । 

नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिका उपसभापति कृष्ण रेग्मीले एक व्यक्ति एक पदको विषयमा राजनीतिक दलले पनि जेसीजबाट सिको गर्नुपर्ने बताए । 

शुक्लागण्डकी जेसीजका पूर्व अध्यक्ष मदन सिग्देलले युवाहरुको नेतृत्व र क्षमता विकासमा जेसीजको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

शुक्लागण्डकी जेसीज बर्ष २०२५ का अध्यक्ष प्रकाश विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शुसिल थापा भुजेलले, स्वागत कार्यकारणी उपाध्यक्ष मदन सिग्देलले र धन्यवाद निर्वतमान अध्यक्ष रमेश भण्डारीले गरेका हुन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।