तनहुँ ।
शुक्लागण्डकीमा जेन्जी रेड फोर्स गठन भएको छ। ३१ औँ जनयुद्ध दिवसको उपलक्ष्यमा शुक्रबार हलेदी स्थित सहिद स्मृति पार्कमा आयोजित नवयुवा भेलाले निश्चल गौतमको अध्यक्षतामा ५१ सदस्यीय जेन्जी रेड फोर्स गठन गरेको हो।
उपाध्यक्षमा निक राना, अरविन थापा र दिपेश मगर चयन भएका छन् । फोर्सको सचिवमा अनिषा गौतम, सहसचिवमा किस्मत महत र कोषाध्यक्षमा सविन पुन रहेका छन् ।
जेन्जी रेड फोर्सको इन्चार्जमा सुशान्त पौडेल चयन भएका छन्।
फोर्सलाई शुभकामना दिँदै नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले जेन्जी आन्दोलनले उठाएका सुशासनका मुद्दाहरूलाई अनुशासित र संगठित ढंगले अघि बढाउन सुझाव दिए ।
भेलामा तनहुँ क्षेत्र नं. २ का उम्मेदवार सोम बहादुर थापा (एस बी) ले नवयुवा पुस्ताको भावना बमोजिम निति निर्माण गर्ने उद्देश्यले प्रतिनिधि सभाको चुनावी मैदानमा आएको बताए।