दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिकामा असिस्टेन्ट ब्युटिसियन तालिम शुरू भएकाे छ । महिला उद्यमी संघ नेपाल, नगर ईकाई समितिले आयाेजना गरेकाे तालिमकाे शुक्रबार शुक्लागण्डकी नगरपालिका प्रमुुख कृष्णराज पण्डितले उद्घाटन गरेका हुन् ।
पुष्पाञ्जली पाेलिटेक्निक इन्स्टिच्युटले प्रदान गर्ने तालिममा २० जना प्रशिक्षार्थीले पहिलाे तहकाे असिस्टेन्ट ब्युटिसियन सीप सिक्नेछन् । ३९० घण्टा सञ्चालन हुने तालिमका लागि सुर्य नेपाल प्रालिले आर्थिक सहयाेग प्रदान गरेकाे महिला उद्यमी संघ, शुक्लागण्डकीकी अध्यक्ष तुलसी शाहले जानकारी दिईन्।
शाहकाे अध्ययक्षताामा उद्घाटन कार्यक्रममा नगर प्रमुख पण्डित कृष्णराज पण्डित, वडा नं.४ का अध्यक्ष राजकुमार वाग्ले, सुर्य नेपाल प्रालिका मानव संसाधन विभागका प्रमुख अन्जान दवाडी, वडा नं ७ का सदस्य राज बहादुर थापा, नगर उद्योग वाणिज्य संघ, ४ नं. वडा व्यवस्थापन समितिका सभापति बालकृष्ण विश्वकर्मा, महिला उद्यमी विकास समितिकी सभापति मनिषा विश्वकर्मा, पुष्पाञ्जली पाेलिटेक्निक इन्स्टिच्युटका कृष्ण रेग्मी लगायतले शुभकामना मन्तव्य दिए ।
संघकी सचिव सपना पराजुलीले सञ्चालन गरेकाे कार्यक्रममा उपाध्यक्ष जाेशिला थापाले स्वागत मन्तव्य व्यक्त गरिन् ।