काठमाडौं ।
तनहुँकी सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एमालेकाे तर्फबाट राष्ट्रिय सभा सदस्य न्याैपानेलाई मन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेकी जानकारी दिए ।
यसअघिका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार बिहान राजीनामा दिएका थिए । घूस संवाद गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए ।