समसामयिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

१) प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औं महासभा मा सहभागी भई आज स्वदेश फर्किएका छन् ।

- महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले विश्वले चाहेको खण्डमा ७२ घण्टाभित्रै हतियारहरु एक - अर्को देशमा पुर्‍याउन सकिने तर गरिब देश का किसानले मल नपाएकोमा विश्वको ध्यान केन्द्रित गराएका थिए । साथै उनले उच्च कार्बन उत्सर्जन गर्ने देशहरूका कारण जलवायु परिवर्तनले गर्दा हिमाली देश हुनाको नेपालले धेरै क्षति बेहोर्नु परेको हुनाले उचित क्षतिपूर्ति र न्यायको माग समेत गरेका थिए ।

- प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका प्रस्थान गरेका थिए । महासभा २०२६ सेप्टेम्बर २२ देखि २८ सेप्टेम्बरसम्म सञ्चालन भइरहेको छ ।

२) नेपालसँग कूटनीतिक सम्बन्ध कायम हुने राष्ट्र १८८ पुगेको छ ।

-२०२६ सेप्टेम्बर २६ आज नै नेपाल र सेनेगल बीच कुटनैतिक सम्बन्ध स्थापना भएको हो ।

- कूटनीतिक सम्बन्ध कायम गर्ने १८७ औँ देश नामिबिया हो भने १८६ औ देश ग्रेनाडा रहेको छ ।

३) जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन 'कोप ३१' सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म अन्ताल्या टर्कीएमा हुँदैछ ।

- यसअघि 'कोप ३०' सन् २०२५ नोभेम्बर १० देखि २१ सम्म बेलेम ब्राजिलमा भएको थियो भने 'कोप २९' २०२४ नोभेम्बर ११ देखि १२ सम्म बाकु अजरबैजानमा भएको थियो ।

४) एसिसी मेन्स प्रिमियर कप - २०२६ को उपाधि नेपालले जितेको छ । उपविजेता संयुक्त अरब इमिरेट्स रहेको छ ।

- नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ४४ रनले हराउँदै एसिया कपका लागि छनोट भएको हो ।

- मलेसियामा आयोजित खेल २०२६ अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म सञ्चालन भएको थियो ।

५) हिमाली जिल्ला मुस्ताङको जोमसोममा आयोजित घरपझोङ जलवायु परिवर्तन सम्मेलन सम्पन्न भएको छ ।

- विसं २०८३ भदौ ३० देखि ३१ सम्म उक्त सम्मेलन सम्पन्न भएको हो ।

- सम्मेलन स्थलमा जलवायु परिवर्तनको असर झल्काउने २८ फिट अग्लो पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको थियो ।

६) नेपाल प्रिमियर लिग (एनपीएल) को तृतीय संस्करण विसं २०८३ कार्तिक ९ देखि मंसिर ५ सम्म हुने भएको छ ।

- एनपीएलको दोस्रो संस्करण को विजेता लुम्बिनी लायन्स रहेको थियो ।

- नेपाली क्रिकेटको इतिहासमा यो लिग ऐतिहासिक रहँदै आएको छ ।

७) आगामी (९९औँ ) ओस्कर अवार्डका लागि नेपालबाट सिफारिस भएको चलचित्र एलिफेन्ट इन दी फग रहेको छ ।

- यो चलचित्रले कान्स फिल्म फेस्टिवलमा जुरी अवार्ड समेत जितेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।