१) पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तकको सूची बिहिबार (आज) सार्वजनिक भएको छ ।
उत्कृष्ट पुस्तकमा एक नम्बरमा उरमाल : छुदेन काविमो, छालबाटो : रमेश भुसाल, प्रणाम सगरमाथा : भवानी खतिवडा, स्व- सरस्वती प्रतिक्षा र हिउँको गीत : तीर्थ गुरुङ रहेका छन् ।
खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानमा प्राप्त २०३ पुस्तकहरू मध्येबाट पुरस्कार चयन समितिको सिफारिस अनुसार सूची सार्वजनिक भएको हो ।
२) राष्ट्रिय चलचित्र अवार्ड २०८२ मा उत्कृष्ट चलचित्र घोषित चलचित्र : शाम्बाला
३) नेपालमा हाल चरा प्रगतिको सङ्ख्या ९०१ रहेको छ । वि. सं २०८२ साउनमा साइबेरियाली राजपुत्रीका नामक चरा फेला परेसँगै चरा प्रजातिको सङ्ख्या ९०१ पुगेको हो ।
यो चरा रुसको साइबेरिया क्षेत्रमा आवासीय रुपमा पाइन्छ ।
४) नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार हरेक साउन १६ गतेका दिन राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।
प्रथम राष्ट्रिय कोदो दिवस २०८२ को नारा "कोदोजन्य परिकारको आहार, खाद्य सुरक्षा र स्वस्थ्य जीवनको आधार" रहेको छ ।
५) हरेक वर्ष जुलाई २९ तारिख दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाइने गरिन्छ ।
यस वर्षको बाघ दिवसको नारा " बाघ बचाऔं , प्रकृतिको सन्तुलन बचाऔं" रहेको छ ।
सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणना अनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको छ । जसमध्ये : चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा , बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा , पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।