१) गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रशासनिक संरचनाको व्यापक हेरफेर गरेका छन् । ७ निर्देशनालय र २ केन्द्र खारेज गर्दै ३२ वटा जिल्ला कार्यालयलाई १७ मा झारिएको छ । जसबाट १८५ कर्मचारी कटौती भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कार्यालय खारेज गरिएको हो ।
२) वैदेशिक रोजगार विभागले २०८२ साउनमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार सीप सिकेर वैदेशिक रोजगारमा जाने श्रमिकको हिस्सा ७३% रहेको छ । वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारमा जाँदा अनिवार्य रुपमा तालिम लिनुपर्ने व्यवस्था रहेको छ ।
३) "ग्लोबल हिरो अवार्ड -२०२५" बाट सम्मानित हुने नेपाली कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको न्युयोर्कमा आयोजित एक विशेष समारोहमा प्रवासी नेपालीको संस्था 'हामी नेपाली ग्लोबल'ले सो अवार्ड प्रदान गरेको ।
४) "दि हेनली पासपोर्ट इन्डेक्स" २०२५ अनुसार विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल ९५ औँ स्थानमा परेको छ । ११९ वटा राष्ट्रको सूचीमा नेपाल र लिबिया ९५ औ स्थानमा परेका हुन् । पहिलो स्थानमा सिङ्गापुर, दोस्रोमा जापान र दक्षिण कोरिया, तेस्रोमा डेनमार्क, फिनल्यान्ड, फ्रान्स , जर्मनी आइल्यान्ड , इटाली र स्पेन रहेका छन् ।
५) मिस नेपाल अर्थ अमेरिका - २०२५ को उपाधी विजेता : दीया श्रेष्ठ