१) सरकारले नेपाल प्रहरीको ३२ औँ महानिरीक्षकमा चन्द्र कुवेर खापुङलाई नियुक्ति गरेको छ ।
२) विक्रम सम्वत २०८१ को मदन पुरस्कार विजेता : छुदेन काविमोको कृति : उरमाल रहेको छ । उरमाल उपन्यासले दार्जिलिङको चिया बगान क्षेत्रका महिला श्रमिकको सांस्कृतिक र ऐतिहासिक यथार्थलाई जीवन्त रुपमा उद्धृत गरेको छ । मदन पुरस्कार गुठीले उक्त पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
३) स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली (लिजा) मा देशकै उत्कृष्ट नगरपालिका : नीलकण्ठ नगरपालिका धादिङ । देशभरका नगरपालिका र गाउँपालिकामध्ये नीलकण्ठ नगरपालिकाले ९३.५० र बेनीघाट रोराङ गाउँपालिकाले ९१.७५ अङ्क प्राप्त गरी नगरपालिकातर्फ नीलकण्ठ र गाउँपालिकातर्फ बेनीघाट रोराङ सर्वाधिक अङ्क सहित देशकै उत्कृष्ट बनेका हुन् ।
४) नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति स्वीकृत गरेको छ । वि.सं. २०८२ साउन २६ गते स्विकृत गरेको हो ।
५) नेपालले रुबेला रोग निवारण गर्न सफलता हासिल गरेको छ: वि.सं २०८२ भदौ २ गते । विश्व स्वास्थ्य संगठनले नेपालमा जनसङ्ख्या समस्याको रुपमा रहेको रुबेला रोग निवारण भएको जनाएको छ ।
६) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच सन् २०२५ अगस्ट १५ मा भेटवार्ता भएको छ । रुस युक्रेन बीचको युद्ध अन्त्य गर्ने सम्भावित कदमबारे छलफल गर्ने सम्बन्धमा भेटवार्ता केन्द्रित रहेको थियो ।
७) सन् २०२५ अगस्टमा प्रकाशित फिफा विश्व वरियतामा नेपाली महिला राष्ट्रिय टोली ८७ औँ स्थानमा रहन सफल भएको छ । यसरी सयौँ स्थानमा रहेको नेपालको महिला फुटबल टिमले १३ स्थान सुधार गर्दै ८७ औँ स्थान कायम गर्न सफल भएको हो ।