समसामयिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१) २०८१ सालको मदन पुरस्कारका लागि छनोटमा परेका पुस्तकहरू: उरमाल : छुदेन काविमो, छालबाटो : रमेश भुसाल, दज्यु संलाप : कुमारी लामा, पञ्चतत्त्वको पालाम् : मनप्रसाद सुब्बा, बहुरूपी : श्रेयज सुवेदी भिक्षु व्यापार र विद्रोह : सुधीर शर्मा, हिउँको गीत : तीर्थ गुरुङ ।

२) ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैंक अवार्ड २०२५ बाट सम्मानित हुन सफल बैंक ग्लोबल आइएमइ बैंक ।

यो अवार्डसँगै ग्लोबल आइएमइ बैंक लगातार दुई वर्ष ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ ।

३) नेस्नल म्युजिक अवार्ड २०८१ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने कलाकार : संगीतकार शम्भुजित बास्कोटा

रेडियो कान्तिपुरद्वारा २०८२ असार २८ गते आयोजित कार्यक्रममा संगीतकार बास्कोटालाई "संगीत सम्राट"को उपनाम दिँदै १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो ।

४) १७ औँ वृक्स सम्मेलन सम्पन्न भएको छ । सन् २०२५ जुलाई ५ - ६ गते ब्राजिलको रियो दिजेनरीमा सम्पन्न भएको हो ।

५) गण्डकी प्रदेश सभाले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।

विसं २०८२ असार २४ गते उक्त विधेयक पारित भएको हो ।

६) त्रिभुवन विश्वविद्यालयको २१ औँ नियुक्त उपकुलपति: प्राध्यापक डाक्टर दीपक अर्याल ।

२०८२ असार २५ मा नियुक्त भएका हुन् ।

७) सरकारले जटिल रोगका बिरामीले २ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा पाउने व्यवस्था लागू गरेको छ ।

वि.सं.२०८२ साउन १ गतेदेखि उक्त निर्णय लागु भएको छ ।

जटिल रोग अन्तर्गत मुटु, मृगौला, हेड इन्जुरी , स्पाइनल इन्जुरी , सिकल सेल एनिमिया, पार्किन्सन र अल्जाइमरका बिरामीले यो सुविधा पाउने भएका छन् ।

८) राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलद्वारा आर्थिक वर्ष २०८२- २०८३ को मौद्रिक नीति सार्वजनिक गरेका छन् । २०८२ असार २७ मा सार्वजनिक गरिएको हो ।

९) बीमा प्राधिकरणले सरकारी स्कुलका विद्यार्थीलाई बीमाको दायरामा ल्याउने गरी आर्थिक वर्ष २०८२-८३ को बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

२०८२ असार १४ गते उक्त नीति सार्वजनिक गरेको हो । वार्षिक नीतिले बीमा क्षेत्रलाई डोर्याउन र स्वनियमनमा राख्न मद्दत मिल्ने विश्वास दिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।