पोखराको न्यूरोडबाट ९.३२ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ ​

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा, ९ असोज । कास्की प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । ​पोखरा महानगरपालिका वडा नं. ०८ स्थित न्यूरोडमा लागुऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको संयुक्त टोलीले असोज ८ गते साँझ ७:३० बजे उनीहरूलाई पक्राउ गरेको हो । ​पक्राउ पर्नेहरूमा तनहुँको व्यास नगरपालिका वडा नं. ५ घर भई हाल पोखरा-८ न्यूरोड बस्ने २६ वर्षका राजु न्यौपाने र कास्कीको पोखरा महानगरपालिका वडा नं. १८ सराङकोट बस्ने ३१ वर्षका नारायण थापा रहेका छन् । ​प्रहरीले न्यौपानेको साथबाट ५.१७ ग्राम ब्राउनसुगर (खैरो हिरोइन) र १ थान मोबाइल तथा थापाको साथबाट ४.१५ ग्राम ब्राउनसुगर र २ थान मोबाइल बरामद गरेको जनाएको छ । उनीहरूको साथबाट जम्मा ९.३२ ग्राम लागुऔषध र ३ थान मोबाइल नियन्त्रणमा लिइएको छ । ​पक्राउ परेका दुवै जनामाथि कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी कसूरमा ८ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।