असोज ३, पोखरा । संविधान दिवस, २०८३ को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा संविधान विशेष समारोह सम्पन्न भएको छ । दिवसका अवसरमा पोखराको शहीदचोकमा शहीदहरूको स्मृतिमा माल्यार्पण समेत गरिएको छ । संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रदेश सरकारका पदाधिकारी, जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालको संविधानको महत्व, लोकतान्त्रिक उपलब्धिको संरक्षण तथा नागरिक अधिकारको कार्यान्वयनका विषयमा जोड दिइएको थियो । कार्यक्रममा वक्ताहरूले संविधानको मर्मअनुसार सुशासन, सामाजिक न्याय र नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै समृद्ध समाज निर्माणमा सबै तहका सरकार र नागरिकको भूमिका रहने बताए । संविधान दिवसको अवसरमा शहीदचोकमा सम्पन्न माल्यार्पण कार्यक्रममा शहीदहरूको योगदानको स्मरण गर्दै लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय एकता र नागरिक स्वतन्त्रताको संरक्षणप्रति प्रतिबद्धता व्यक्त गरिएको थियो ।