विजयपुर खोला पुल निर्माण कार्य तीब्र
पोखरा ।
पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना अन्तर्गत पश्चिम खण्डको पोखरा २६ स्थित विजयपुर खोलामा पुल निर्माण कार्यलाई तिब्रता दिइएको छ। निर्माणाधीन पुलको भौतिक प्रगति ७० प्रतिशत भन्दा बढि पुगेको छ ।
सडक योजना पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार आगामी २ महिनाभित्र पुल सञ्चालनमा ल्याउने गरी निर्माणलाई …